२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई मन्त्री फेर्दै जसपा

अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टीले सरकारमा सहभागी दुई मन्त्रीहरू फेरबदल गर्ने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएको छ । अध्यक्ष अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको निर्णय भन्दै पत्र पठाएका थिए ।

तर, प्रधानमन्त्रीले त्यसअनुसार मन्त्रिपरिषद् पुनर्गठन भने गरेका छैनन् । मन्त्री नफेरेपछि जसपाले प्रधानमन्त्रीसँग ताकेता गर्न थालेको छ ।

जसपाले खानेपानी मन्त्री प्रदीप यादवको स्थानमा वीरेन्द्र महतो र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीको ठाउँमा रञ्जु झालाई पठाउने गरी निर्णय गरेको हो । शनिबार बसेको पार्टीको बैठकमा फेरि यो कुरा उठेको हो ।

बैठक स्रोतका अनुसार, शनिबार बैठकमा मन्त्रीहरूलाई राजीनामा दिन भनिएको छ । पार्टीभित्रको सहमति अनुसार गत वैशाखमै उनीहरूको एक वर्षे समयावधि सकिएको र त्यसपछि बजेटसम्म पर्खिने भन्दै उनीहरू पदमै रहेको विषयमा कुराकानी भएको थियो ।

बजेट पास भएपछि पनि उनीहरूले पद नछाडेकोले शनिबारको बैठकमा उनीहरूलाई छोड्न पुनः ताकेता गरिएको हो ।

मन्त्री बन्ने सूचीमा रहेका जसपा नेपालका नेता वीरेन्द्र महतोका अनुसार, सरकारमा सहभागी हुने बेलामै पार्टीमा एक वर्षमा मन्त्री फेरबदल गर्ने भन्ने सहमति थियो ।