२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चित्रकला र पुस्तकालय एकापसमा परिपूरक’ : मन्त्री पन्त

अ+ अ-

काठमाडौँ। अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आज नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा ‘हाम्रो पुस्तकालय: हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ। 

कार्यशालाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले चित्रकला र पुस्तकालय एकापसमा परिपूरक रहेको बताए। 

चित्रकारलाई पुस्तक अध्ययन गर्नका लागि आग्रह गर्दै उनले यसले चित्र अझै सरल र मजबुतका साथ प्रस्फुटन हुने बताए। मन्त्री पन्तले कला, सिर्जना र पुस्तकले नेपालको संस्कृति, परम्परा, सभ्यता तथा समसामयिक विषयलाई समेट्ने औँल्याए।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले पुस्तकालयले चेतना विकासमा प्रमुख भूमिका खेल्ने हुनाले यसलाई सबैको पहुँचसँग जोड्नुपर्ने बताए। उनले प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।

कार्यक्रममा प्रतिष्ठानको बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले चित्रकलाको शिक्षामा महत्त्वपूर्ण भूमिका रहेको बताउँदै बालबालिकाको अध्ययनको सुरुआत चित्रबाट नै हुने बताए। 

कार्यक्रममा प्रतिष्ठानका परम्परागत चित्रकला विभाग प्रमुख पाल्साङ्मो लामा, वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, शिल्प-हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रेमराज अधिकारी, राष्ट्रिय पुस्तकालयका प्रमुख प्रदीप भट्टराई, केशर पुस्तकालका प्रमुख यादवचन्द्र निरौला, शिक्षा, सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्र पाण्डे, नेपाल पुस्तकालय संघका महासचिव संजीव चौधरीलगायत उपस्थिति थिए। 

कार्यशालामा रवीन्द्र मानन्धर, अनुप गुरुङ, भानु भट्टराई, सुरेम देशार, तिसा श्रेष्ठ, पल्पसा मानन्धर, अर्पिता शाक्य, आभा पौडेल, प्रतीक्षा तिवारी, आशिष सिंह गोलेलगायत कलाकारको सहभागिता थियो। उनीहरूले कार्यक्रमकै बीच प्रत्यक्ष कला सिर्जना गरेर देखाएका थिए।