२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडूलाई राज्य व्यवस्थाको सभापति बनाउनेबारे छलफल गर्न देउवाले फेरि बोलाए बैठक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई बनाउने तयारी गरेको छ । राज्य व्यवस्था समितिको सदस्य रहेका बडूलाई सभापति बनाउन लागिएको हो ।

कांग्रेस स्रोतका अनुसार बडूलाई सभापति बनाउने गरी आन्तरिक छलफल भइरहेको छ । समिति सभापतिको निर्णय गर्नका लागि सभापति शेरबहादुर देउवाले सोमबार बिहान स्थगित गरेको बैठक फेरि बोलाएका छन् ।

शीर्ष पाँच नेताको बैठक दिउँसो बस्ने गरी बोलाइएको छ । दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकका लागि बोलाइएको छ ।

राज्य व्यवस्था समिति सभापतिको लागि सभामुख देवराज घिमिरेले भदौ ११ गतेको मिति तय गरेपछि सभापति देउवा शीर्ष नेताको बैठक आकस्मिक बोलाएका हुन् । कांग्रेस स्रोतले भन्यो, ‘बिहान रोकिएको बैठक सभापतिले फेरि डाक्नुभएको छ । छोटो समय बैठक बसेर निर्णय गर्न बैठक बोलाउनु भएको छ ।’

समितिको सभापतिका लागि आकांक्षी चार सांसदमध्येबाट बडूलाई अघि सार्न लागिएको स्रोतले बताएको छ । अम्बिका बस्नेत, सरिता प्रसाईँ र हृदयराम थानी पनि आकांक्षी छन् ।

समितिमा काँग्रेसबाट पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा दिलेन्द्रप्रसाद बडू,, सरिता प्रसाईँ, हृदयराम थानी, ईश्वरीदेवी न्यौपाने, रामहरि खतिवडा र अम्बिका बस्नेत सदस्य छन् ।

राज्य व्यवस्था समितिमा रहेका काँग्रेसकै सदस्यहरूबाट सभापति चुन्ने तयारी छ ।

कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ ।