काठमाडौँ । निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र २ मा आगामी कात्तिक १७ गते नै निर्वाचन गर्ने तयारी गरेको छ ।
मनाङको प्रदेश सभा क्षेत्र २ मा स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ ‘दिपक मनाङे’ पदमुक्त भएसँगै आयोगले निर्वाचनको तयारी थालेको हो
रूपन्देही प्रतिनिधि सभा क्षेत्र ३ मा कात्तिक १७ मै उपनिर्वाचन गर्नका लागि आयोगले काम कारबाही अघि बढाइरहेका बेला सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङेलाई पदमुक्त गरेको आदेशको पूर्णपाठ सार्वजनिक गर्दै पद रिक्त भएको जानकारी गराउन सरकारलाई आदेश दिएसँगै निर्वाचन आयोगले त्यस क्षेत्रमा पनि उपनिर्वाचन गर्ने तयारी अघि बढाएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पद रिक्त भएको जानकारी गराउन सरकारलाई आदेश दिएसँगै आयोगले कात्तिक १७ मै उपनिर्वाचन गर्ने तयारी अघि बढाएको आयोग स्रोतले जानकारी दिएको छ ।







