२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अहिले हाम्रा मन्त्रीहरू फेरिँदैन’ : काँग्रेस

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले अहिले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर नहुने जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले सरकार एक वर्ष पुगेपछि मन्त्री हेरफेर गर्न चाहे पनि काँग्रेसले आफ्नो मन्त्रीहरू नफेर्ने निष्कर्षमा पुगेको हो ।

यद्यपि, आज बसेको शीर्ष नेताहरूको बैठकमा मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने, ‘आजको बैठकमा मन्त्री फेरबदलको कुनै छलफल भएको छैन। जसपा र लोसपाको फेर्ने कुरा चलिरहेको छ। प्रधानमन्त्रीले कुरा गर्नु स्वभाविक हो। तर पार्टीभित्र मन्त्री फेर फेरबारे कुनै छलफल भएको छैन । काँग्रेसले अहिले पार्टीका मन्त्री हेरफेर गर्ने सम्भावना छैन ।’

अहिले उपप्रधान तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएर प्रकाशमान सिंहले काँग्रेसबाट सरकारको नेतृत्व गरिरहेका छन् ।

प्रधानमन्त्रीलाई जसपा र लोसपाले मन्त्री बदल्न दबाब दिइरहेका छन् । जसपाबाट खानेपानी मन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर सुडी छन् ।

उनीहरूलाई फिर्ता बोलाएर वीरेन्द्र महतो र रञ्जुकुमारी झालाई मन्त्री बनाउन जसपाले प्रधानमन्त्रीलाई नाम दिइसकेको छ ।

लोसपाले पनि पार्टीबाट श्रम मन्त्री शरदसिंह भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्ललाई बनाउन प्रधानमन्त्रीलाई आग्रह गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले काँग्रेसले पनि केही मन्त्री फिर्ता बोलाए पार्टीबाट केही मन्त्रीहरू हेरफेर गर्न चाहेका थिए । तर, काँग्रेसले मन्त्री हेरफेर नगर्ने अडान लिएपछि प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।