काठमाडौँ। संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएकी छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा उम्मेदवारी दिनु अगाडि उनले सभामुखसमक्ष सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी हुन् ।
सुनुवाइ समितिको सभापतिबाट दिएको राजीनामा स्वीकृत भएपछि राज्य व्यवस्था समितिको सभापतिमा उम्मेदवारी दिने तयारी न्यौपानेको छ ।
राज्य व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी दिने समय दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म तय भएको छ ।
निर्वाचन भने भोलि दिउँसो ३ बजे समितिको बैठकमै हुनेछ ।







