२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेरी अस्पतालमा नि:शुल्क डाइलायसिस सेवा

अ+ अ-

नेपालगञ्ज (बाँके) । भेरी अस्पतालमा अब अल्जाइमर्स, पार्किन्सन्स र सेरोपोजेटिभका बिरामीले नि:शुल्क डाइलायसिस सेवा पाउने भएका छन् । 

स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिकाअनुसार ती सेवाका लागि भेरी अस्पताललाई सूचीकृत गरेसँगै बिरामीले नि:शुल्क डाइलायसिस सेवा पाउने भएका हुन् । 

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.निराजन सुवेदीले हेपाटाइटिस बी र एचआइभी सङ्क्रमितलाई सेरोपोजेटिभ बिरामीको रूपमा परिभाषित गरिएको जानकारी दिए। बिरामीले एक वर्षमा रु तीन लाख बराबरको डाइलायसिस सेवा पाउनेछन् ।

अस्पताल सूचीकृत भएसँगै लामो समयदेखि डाइलायसिस सेवाको खर्च थेग्न नसकेर उपचारमा समस्या भोग्दै आइरहेका बिरामीलाई ठूलो राहत मिल्ने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सुवेदीले  बुधवारबाट सो सेवा सुरु हुने जानकारी दिए। हालसम्म ज्येष्ठ नागरिक, सिकलसेल तथा थालेसिमिया, सामान्य डाइलायसिस, स्पाइन इन्जुरी, हेडइन्जुरी र मुटुका बिरामीले विपन्न नागरिक औषधोपचार कार्यक्रमबाट नि:शुल्क सेवा लिँदै आएका थिए ।

अस्पताललाई मिर्गौला प्रत्यारोपण र पेरिटोनियल डायलाइसिसका लागि पनि सूचीकृतको अन्तिम तयारी थालिएको छ । सूचीकृत भए मिर्गौला प्रत्यारोपणका बिरामीहरूले भेरी अस्पतालबाटै रु सात लाख  पाउनेछन् । सरकारले मिर्गौला प्रत्यारोपणका लागि रु चार लाख, औषधि खर्चबापत रु दुई लाख पाउने भएका हुन् ।