२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशाल रक्तदान महाअभियानमा एक लाख युनिट रक्त संकलन

अ+ अ-

काठमाडौँ । विश्व बन्धुत्व र शान्तिको कामना गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विभिन्न केन्द्र, शाखा तथा इकाइहरूमार्फत एकसाथ एक लाख युनिटभन्दा बढी रक्त संकलन गरेको छ । 

राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा ‘विश्व बन्धुत्व दिवस’का अवसर पारेर ब्रह्माकुमारीका नेपाल र भारतमा रहेका विभिन्न केन्द्रमार्फत ‘विशाल रक्तदान महाअभियान-२०२५’ चलाइएको हो । 

एकै पटक नेपाल र भारतमा गरी १०० घण्टामा एक लाख युनिटभन्दा धेरै रगत संकलन भएको र उत्साहपूर्वक सहभागी भएको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय प्रशिक्षण केन्द्र बुटवलका प्रमुख कमला दिदीले जानकारी दिए ।

उक्त महाअभियानको पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नं १ का संघीय सांसद छविलाल विश्वकर्माले एक समारोहबीच शुभकामनासहित समापन गरे।

त्यस क्रममा सांसद विश्वकर्माले बन्धुत्व र शान्तिको कामना गर्दै भएको महाअभियानले धेरैलाई प्रेरणा मिलेको भन्दै खुसी व्यक्त गरे । अभियानलाई निरन्तरता दिन आग्रह गर्दै सेवा भावका साथ समर्पित अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री विश्वकर्माले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका राजयोग केन्द्रहरूमा योग, ध्यान र सात्विक भोजनमार्फत मानसिक स्वास्थ्यमा पनि विशेष भूमिका निर्वाह गरिरहेको भन्दै अभियन्ता र आयोजकको प्रशंसा गरे । 

‘रक्तदान गरौँ, जीवन बचाऔँ, सहयोगको भावना सबैमा जगाऔँ’ भन्ने मूल नारासहित भदौ ६ देखि ९ गतेसम्म नेपालका १३४ र भारतका विभिन्न स्थानमा एकसाथ रक्तदान गरिएको आयोजक संस्थाका क्षेत्रीय सदस्य राजयोगी ब्रह्माकुमार नारायणले जानकारी दिए । 

अभियानअन्तर्गत बुटवलस्थित क्षेत्रीय राजयोग प्रशिक्षण केन्द्र, सैनामैना नगर अस्पताल मुर्गिया, देवदह शाखा, गुल्मीको तम्घास, कपिलवस्तुको वाणगंगा जितपुर, देवीनगरको दुर्गा मन्दिर सभाहल, नेपालगञ्ज, नवलपरासी परासी शाखा तथा काठमाडौँ, पोखरा, विराटनगर, वीरगञ्ज, धनगढी, दाङलगायत शाखाहरूमा एकसाथ रक्तदान कार्यक्रम भएको थिए । 

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले विगत ५५ वर्षदेखि शान्ति, सद्भाव, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक-आध्यात्मिक मूल्यहरूको संरक्षण तथा प्रवर्द्धनमा योगदान दिँदै आएको छ । धूम्रपान, मद्यपान र लागूपदार्थजस्ता दुव्र्यसनमुक्त समाज निर्माणमा समेत संस्थाले महत्वपूर्ण भूमिका खेलेको अभियन्ता रोजयोगी नारायणको भनाइ छ ।

महाअभियानले रक्तदानलाई केवल स्वास्थ्य सहयोगको कार्य नभई मानवीय एकता र विश्व बन्धुत्वको सशक्त सन्देश प्रवाह गरेको उत्प्रेरक प्रशिक्षक ब्रह्माकुमार ऋषि न्यौपानेले बताए ।