२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री पौडेलले भने : ‘समृद्ध नेपाल निर्माणमा मुलुक बाहिरका नेपालीको लगानी आवश्यक छ’

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभरि छरिएर रहेका नेपालीलाई नेपालमा आएर लगानी गर्न आह्वान गरेका छन् । 

एसोसिएसन अफ नेपाली ओरिजियन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले विभिन्न कारणले विदेसिएका र विदेशमा व्यापार गरिरहेका नेपालीलाई स्वदेशमा लगानी गर्न आग्रह गरेका हुन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भने,“देशको विकास र समृद्धि नै नेपालीको सुख तथा समृद्धि भएकाले सरकारले सोहीअनुसार काम गरिरहेको छ । यसमा विदेशमा रहेका नेपालीको सहयोग आवश्यक छ । सरकारले लगानीको वातावरण तयार पारिरहेको छ र अझै सहजीकरण गर्न तयार छ ।”

सांस्कृतिक राष्ट्रियतालाई जोड्न पनि एएनओको भूमिका रहेको भन्दै उनले यस्ता कार्यक्रम आदानप्रदान हुन आवश्यक रहेकामा जोड दिए । 

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले आमनेपालीको सुनौलो भविष्य निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले विश्वका ३२ वटा देशमा रहेका नेपालीको सहभागितामा गत वर्ष थाइल्यान्डमा संस्था गठन गरिएको जानकारी दिए । 

महासचिव चुडामणि भट्टराईले एएनओ गठनको उद्देश्यबारे आफ्नो धारणा राखेका थिए । कार्यक्रम सञ्चालक नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य फूलमान बलले पनि एएनओ गठनको उद्देश्यबारे जानकारी गराएका थिए। सम्मेलनमा इन्ट्रा फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीले पनि आफ्ना धारणा राखेका थिए ।

सम्मेलनमा पूर्वउपरथि कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा १३ सदस्यीय एएनओको नेपाल च्याप्टरसमेत गठन गरिएको छ । समितिमा उपाध्यक्षमा राजेन्द्र अधिकारी, महासचिवमा फूलमान बल, सचिव कृष्णप्रसाद ओडारी तथा कोषाध्यक्षमा यमुना पराजुली अधिकारी चयन भएका छन् । साथै सदस्यमा गीता गुरुङ, डा. सुशीला नेपाली, रन्जन बिडारी, कृष्ण विक, रविता तामाङ, सुनिल थापा र दीक्षा चपाई चयन भएका छन् ।