काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय आयोगले एक सूचना जारी गर्दै सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गरेको नेपाली सेनाको वि.नं.०८१/८२/९१, सैन्य पदको श्री नं. २ बाहिनी अड्डा, हिले ब्यारेक, धनकुटाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सुची:
यस्तै, लोक सेवा आयोग, दिपायल कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं.०८१/८२/९१ (खुला/समावेशी), सैन्य पदमा श्री नं.५ बाहिनी अड्डा, राजपुर ब्यारेक, दिपायलबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सुची:
यसैगरी, लोक सेवा आयोग, बागलुङ कार्यालयबाट संचालित नेपाली सेनाको वि.नं.०८१/८२/९१ (खुला/समावेशी) सैन्य पदमा श्री नं. २३ बाहिनी अड्डा, शेराडिल ब्यारेक, बागलुङबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सुची:







