२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोनाल्ड ट्रम्पले ‘युद्धपछिको गाजाका लागि व्यापक योजना’ बारे ह्वाइट हाउसमा ‘ठूलो बैठक’ गर्ने

अ+ अ-

एएफपी । अमेरिकी विशेष दूत स्टिभ विटकफले राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार ह्वाइट हाउसमा ‘ठूलो बैठक’ को अध्यक्षता गने घोषणा गरेका छन् । बैठकमा युद्धपछिको गाजाको व्यवस्थापनबारे ‘व्यापक योजना’ मा छलफल हुनेछ । टाइम्स अफ इजरायलले फक्स न्युजलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

टाइम्स अफ इजरायलका अनुसार, विटकफले युद्धपछिको व्यवस्थापनका लागि अमेरिकी योजनाको अस्तित्व सार्वजनिक गरेको यो पहिलो पटक हो ।

“धेरै मानिसले यो योजना कति बलियो छ र यसको अर्थ कति राम्रो छ भनेर हेर्नेछन् । यसले राष्ट्रपति ट्रम्पको मानवीय उद्देश्यहरूलाई प्रतिबिम्बित गर्छ”, विटकफले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भने ।

उनले युद्ध विराम सम्झौताबारे ट्रम्प प्रशासनको आधिकारिक धारणा दोहोर्‍याउँदै आंशिक गाजा बन्धक सम्झौताका विपक्षमा रहेको बताए ।

यसअघि, हमासले अगस्ट १८ मा अरब मध्यस्थकर्ताहरूको पछिल्लो प्रस्ताव स्वीकार गरेको थियो । तर, ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै ‘हमासलाई पूर्ण रूपमा ध्वस्त पारेपछि मात्र बन्धकहरूलाई मुक्त गर्नुपर्छ’ भन्ने धारणा राख्दै आंशिक सम्झौताविरुद्ध समर्थन जनाएका थिए ।

यद्यपि, टाइम्स अफ इजरायलका अनुसार ह्वाइट हाउसले पछिल्लो चरणबद्ध बन्धक सम्झौता प्रस्तावको समीक्षा गरिरहेको बताएको छ ।

हमासले ६० दिनको प्रस्ताव स्वीकार गरे पनि विटकफले सम्झौताको ढिलाइका लागि लडाकू संगठनलाई दोष दिए। उनले भने, “उनीहरूले गत महिना प्रक्रिया ढिलो पार्न खोजे ।”

उनका अनुसार इजरायलले तीव्र दबाब दिएपछि मात्रै हमासले यो प्रस्ताव स्वीकार गरेको हो । “अब हामी त्यो सम्झौता स्वीकार गर्छौँ भन्ने कुरा हमासले गरिरहेको छ । मलाई लाग्छ उनीहरूले यसरी भन्नुको कारण इजरायलीहरूको तीव्र दबाब हो”, उनले फक्सलाई भने ।

तर, इजरायलले यो सम्झौता स्वीकार गर्ने वा नगर्ने विषयमा उनले केही टिप्पणी गरेन ।

इजरायलले हालसम्म सम्झौता स्वीकार गरेको छैन र आफ्नो गाजा निकासी योजनाको एक अंशका रूपमा हमासलाई पूर्ण रूपमा ध्वस्त पार्ने उद्देश्यसहित स्थल अभियान चलाइरहेको छ ।

सोमबार बिहानदेखि गाजामा भएका इजरायली आक्रमणले कम्तीमा ६१ जनाको मृत्यु भएको छ, जसमा सात जना सहायता खोज्ने क्रममा मारिएका थिए ।

गाजाको नागरिक सुरक्षाले अगस्ट ६ देखि इजरायलले गाजा सहरमा एक हजार भवन ध्वस्त पारेको बताएको छ । सयौँ मानिस भग्नावशेषमा फसेका छन् भने निरन्तर गोलाबारी र अवरुद्ध मार्गका कारण उद्धार तथा सहायता कार्यमा गम्भीर अवरोध भएको छ ।