२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्तोष परियारले भने-‘संविधान संशोधनको बहस ठिक दिशामा अगाडि बढेको छैन’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा: उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान संविधान तुलनात्मक रूपमा प्रगतिशील भएपनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई मन नपरेको तर्क गरे ।

‘लगभग ७० वर्षदेखिको राजनीतिक दलहरूको निरन्तरको प्रयास, मेहनत र उहाँहरूले खेल्नुभएको भूमिकाले आज हामीले तुलनात्मक रूपमा विगतका ६ वटा संविधानभन्दा यो महिलाको पक्षमा दलितको पक्षमा र मधेसको पक्षमा राम्रो संविधान पाएका छौँ,’ उनले भने ।

उनले संविधानलाई अगाडि बढाउनेभन्दा पनि संशोधनको बहानामा पछाडि फर्काउने बहस छेडिएको उल्लेख गर्दै यसप्रति सचेत हुन आवश्यक रहेको पनि बताए ।

‘संविधानको राम्रो कुरा कतिपयलाई मन परिरहेको छैन । वर्चश्वशाली सधैँ सत्ता शक्तिमा हुने र सधैँ शक्ति संरचनामा रमाइलो गर्नेहरूलाई यो कुरा मन परिरहेको छैन’ उनले भने, ‘विभिन्न कोणबाट योमाथि संविधान संशोधनको नाउमा संविधानलाई अगाडि लैजानेभन्दा पनि पछाडि फर्काउने बहसहरू भइरहेको हो कि भन्ने सन्देह छ ।’

सांसद परियारले राजनीतिक दलहरूले संविधानको कार्यान्वयन नगरेको आरोप पनि लगाए ।

‘विद्वानहरूको निरन्तरको पहरेदारी भएन भने यही संविधानलाई पनि अझ पछाडितिर फर्काउने र आफ्ना निहित स्वार्थ पूरा गर्ने, नेतृत्व तहको खास समूहको स्वार्थ पूरा गर्ने संविधानतिर जान्छ कि भन्ने मलाई डर छ,’ उनले भने ।

उनले थपे, ‘यो संविधान एउटा करार हो सबै पार्टीबीच भएको सम्झौता हो । त्योअनुसारको हाम्रो व्यवहार हुनुपर्ने हो कि नपर्ने ?’

संविधान अनुसार पार्टी र नेतृत्वको व्यवहार नहुँदा नेतृत्वको व्यवहार अनुसारको संविधान बनाइदिनुपरेको अवस्थामा नेपालमा देखा परेको उनले बताए । ‘यो आफैँमा षड्यन्त्रपूर्ण छ । होइन भने जुन किसिमको समानुपातिक व्यवस्था संविधानले गरेको हो त्यो कुरा पार्टीहरूले व्यवहारमा ल्याएनन् ।’

संविधानले गरेको समानुपातिक व्यवस्था दलहरूले कार्यान्वयन नगरेको उनको आरोप थियो ।