२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणप्रसाद दाहालको टिप्पणी : ‘सदाचार नीतिको सबैभन्दा धेरै आवश्यकता राजनीतिमा छ’

अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सदाचार नीतिको सबैभन्दा धेरै आवश्यकता राजनीति क्षेत्रमा रहेको टिप्पणी गरेका छन् ।

बुधबार सिंहदरवारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीतिको मस्यौदामाथिको छलफलमा बोल्दै उनले राजनीतिक क्षेत्रमा सदाचार नीति अभावकै कारण देशले गति लिन नसकेको बताए ।

‘अहिले हामीले देशले गति लिएको छ भन्न सकेनौँ । हाम्रो देशमा सबै हिसाब किताबले सबैभन्दा धेरै सदाचार नीति राजनीतिमा चाहिएको छ‘ उनले भने, ‘राजनीतिमा सदाचार नीति कार्यान्वयन कायम गर्न सकियो यसबाट सञ्चालन हुने अरू कुराहरूमा पनि सही हुन्छ ।‘

राजनीतिक क्षेत्रमा सदाचार कायम गर्न सके अन्य क्षेत्रहरूमा स्वतः सुधार हुँदै जाने उनको विश्वास छ । उनले राजनीतिक मुहान नै सफा गर्ने गरी सदाचार नीति आवश्यक रहेको बताए ।

‘अहिले मुहान नै सफा गर्नुपर्ने स्थितिमा हामी छौँ । अहिले जुन जोगी आए पनि कानै चिरेको जस्तो स्थितिमा पुग्यो नि यो देश‘ उनले भने, ‘घरमा घरमुलीले परिवारलाई अर्तिबुद्धि दिँदै जाने तर रक्सीको गिलास अगाडि राखेर चुरोटको सर्को तान्दै गर्ने जस्तो भयो भने बिग्रिन्छ । अहिले भएको त्यही हो ।’

सदाचार नीतिलाई थप समृद्ध बनाउन कार्यान्वयन गर्ने सरोकारवालाहरूलाई बोलाएर छलफल गरेर निष्कर्ष निकाल्न उनको आग्रह छ ।