काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतका ९ जना उपसचिवको सरुवा गरिएको छ। कार्यालय मातहतका राजश्व अनुसन्धान विभागअन्तर्गत बुटवल, कोहलपुर र इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयका प्रमुखसहित अधिकारीहरूको सरुवा गरिएको हो।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरणअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कृष्ण प्रसाद शर्मालाई राजश्व अनुसन्धान कार्यालय, कोहलपुरमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत उमेश राज रिमाललाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ।
यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै सुवास श्रेष्ठलाई राजश्व अनुसन्धान कार्यालय, बुटवलमा खटाइँदै त्यहाँका प्रमुख विवेक घिमिरेलाई राजश्व अनुसन्धान विभागमा सरुवा गरिएको छ।
राजश्व अनुसन्धान कार्यालय, इटहरीका उत्तम कुमार घिमिरेलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएका छन् भने उनको ठाउँमा राजश्व अनुसन्धान विभागका अर्जुन राईलाई खटाइएको छ।
त्यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका मनोज रेग्मीलाई राजश्व अनुसन्धान विभागमा, विभागका नवराज अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र पर्वत गिरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै प्रशासन शाखामा पदस्थापन गरिएको छ।







