काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत भेरीगंगा नगरपालिका-२ सप्तरी समाझिंघाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको हो ।
कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधवार स्वदेश ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । निजलाई कसुरबमोजिम कानुनी कारवाहीको लागि सुर्खेतस्थित जिल्ला प्रहरी कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।







