एएफपी । दक्षिणी इक्वेडरको एन्डीज पर्वतीय क्षेत्रमा बुधवार बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।
“नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । सार्वजनिक स्वास्थ्य मन्त्रालयले घाइतेको आधिकारिक सङ्ख्यालाई संकलन गरिरहेको छ,” सेवाले यात्रुहरूको सङ्ख्या निर्दिष्ट नगरी एक विज्ञप्तिमा जनाएको छ ।
घाइतेहरूलाई रियोबाम्बा र कोल्टास्थित स्वास्थ्य केन्द्रमा लगिएको छ । इक्वेडरमा सन् २०२५ को जनवरीदेखि मे महिनासम्म सडक दुर्घटनाका कारण ५६५ भन्दा बढीको मृत्यु भएको छ ।
सरकारी तथ्यांकअनुसार सन् २०२४ मा सडक दुर्घटनामा परी दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।







