२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घनश्याम भुसालले भने : ‘घुस नखानेहरूको क्रान्तिकारी पार्टी आवश्यक छ’

अ+ अ-

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक भएको बताएका छन् ।

शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले यस्तो बताए ।

उनले नेपालमा कम्यूनिष्ट पार्टीहरू दलाल पूजीवादको कब्जामा रहेको उल्लेख गर्दै अब जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्युनिष्ट पार्टी चाहिएको बताए।

‘जनतामा विकल्प छैन, सत्ता, सरकार, प्रधानमन्त्री, नेताहरूको गुटले जनतालाई धेरै अपमानित गरेको छ, झुटबाट मान्छे तरंगित छ’ भुसालले भने-‘म त भन्छु समाज बौलाएको छ, यसबाट निकास दिन अब ध्रुवीकरण जरुरी छ ।’ उनले भने ।

उनले नेपालमा व्यवस्था र संविधान बदलिए पनि दलहरूको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताए। यी कुराहरू नबदलिँदा राजाकै पालादेखिको दलाल पूजीँवाद प्रभावमा दलहरू फसेको उनले टिप्पणी गरे । भुसालले राजनीतिक रूपमा नेपाली जनतामाथि भयंकर अत्याचार भएको समेत बताए।

उनले मुलुक वर्तमान छटपटीबाट नयाँ इतिहास बनाउने प्रसव पीडामा रहेको बताए। उनले वामपन्थी आन्दोलनलाई ध्रुवीकरण गर्नुपर्ने बेला आएकाले आफूहरू वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा आएको बताए । परिस्थिति धेरै पाकिसकेको बताउँदै उनले अब केन्द्रदेखि वडासम्मै वामपन्थी धुव्रिकरण आवश्यक रहेको बताए ।

उनले पुरानोले काम नगरेको तर नयाँ नबसिसकेकोले सर्पले काँचुली फेर्ने अवस्थामा जस्तै छटपटी भएकाले नयाँ इतिहास बनाउन बहस जरुरी रहेको बताए । ‘पुराना मान्यता भत्केका छन्, तिनका नालयी भत्केका छन्’ उनले भने ‘स्वार्थ र भ्रमहरू भत्काएर नयाँ मानक बनाउनुपर्छ ।’

उनले क्रान्तिको लागि कसम खाएको व्यक्तिको हिसाबले सपनाले थिचिएर ऐठन हुने अवस्थामा आएको बताए। माओवादीभित्र जनयुद्ध र एमालेभित्र बहुदलीय जनवादको संकल्प दलाल पूजीवादको भित्तामा ठोक्किएर घाइते भएकाले मुलुकको भाग्य र भविष्यका लागि एकजुट भएको बताए। ‘मूलभूत रूपमा युद्ध र शान्तिपूर्ण हुकाई र अनुभवको विभाजन छन्, त्यो बाहेक अरू कृत्रिम नक्कली लक्ष्मण रेखाहरू भत्काउनुपर्छ।’ भुसालले भने।

उनले पछिल्लो समय नेकपाका महासचिव विप्लव, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बहस र छलफल गरेको प्रसंगमा आफूहरू कुनै नयाँ पार्टी बनाउनका लागि बहसमा नआएको बताए ।

‘तीन जना मिलेर अलग पार्टी बनाउने होइन, अर्को पार्टी बन्दैन’ भुसालले भने, ‘हामीले सही सिद्धान्त बुझाउने र विभाजन नभई जुटाउने अभिायनमा छौँ ।’ उनले उनले समाजमा उकुसमुकुस तीव्र रूपमा रहेकाले विमर्श जरुरी रहेको बताए ।

उनले देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रविसम्मा असन्तुष्टि रहेकाले अब नयाँ निकास आवश्यक रहेको बताए । उनले वर्तमान राजनीतिमा देखिएको समस्याबारे साउन ६ गतेदेखि बहस सुरु भएको बताउँदै बुटवलमा आएपछि यसले गति लिने विश्वास व्यक्त गरे।

‘हामी तीन जनाले मात्रै गर्नुपर्छ भन्ने रहेन, कम्यूनिष्ट आन्दोलनमा चिन्तितहरूले माथिदेखि वार्डसम्म बहस गरौँ।’ भुसालले भने ।