काठमाडौँ । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा पाकिस्तान ‘ए’ले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ ।
कतारको दोहास्थित साइन्स एन्ड टेक्नोलोजी विश्वविद्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ ओभरमा १६८ रनमा समेटिएको हो ।
पाकिस्तानका लागि रोहेल नजिरले सर्वाधिक ६४ रन बनाए । हसन नवाजले २८, अहमद दनियालले १६, हैदर अलीले १५ र माज सदाकतले १३ रनको योगदान दिए ।
पाकिस्तानलाई कम रनमा रोक्न नेपालका राशिद खानले सर्वाधिक पाँच विकेट लिए । अभिशेष गौतमले दुई विकेट लिँदा सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक–एक विकेट हात पारे ।






