२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमि विधेयकको विरोधमा जसपाको प्रदर्शन

अ+ अ-

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल भूमि विधेयकको विरोधमा बिहीबार रुपन्देहीको भैरहवामा प्रदर्शन गरेको छ।

जसपा नेपालले भूमिसम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भई तराई-मधेश मरुभूमिकरण हुने भएकाले सुरुदेखि नै यसको विपक्षमा रहेको बताएको छ ।

पार्टीको केन्द्र तथा प्रदेश समितिको निर्देशनअनुसार प्रदर्शनमा उत्रिएको जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादवले बताए ।

सिद्धार्थनगर नगरपालिका-४ स्थित रामजानकी हनुमान मन्दिरबाट सुरु भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी हुँदै मिलनचोकमा पुगेर विरोध सभामा परिणत भएको पार्टीको रुपन्देही जिल्ला सचिव विष्णु अधिकारीले बताए ।

विरोध सभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य कैलाश गुरुङले बाध्य भएर आफूहरू आन्दोलनमा उत्रिनुपरेको बताए । उनले सरकारले यो आन्दोलनलाई कमजोर ठाने अझ सशक्त रूपमा अगाडि बढ्ने बताए । उनले वर्तमान सरकारले किसानको समस्या समाधान गर्न नसकेको आरोप लगाए ।

त्यस्तै, पार्टीको केन्द्रीय सदस्य निलम यादवले भूमि विधेयक जनताको पक्षमा नरहेको दाबी गरे । उनले जसपा नेपालले भूमि विधेयक पारित हुन नदिएपछि पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउन खोजिएको बताए।

पार्टीको केन्द्रीय सदस्य रीता यादवले वर्तमान सरकारले वनजंगल विनाश गरेर मधेशलाई मरुभूमि बनाउन खोजेको आरोप लगाए । जसपा नेपाल लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष रामअवतार यादवले जनताको विपक्षमा हुने कुनै पनि कदम चालिए पार्टीलाई स्वीकार्य नहुने बताए। पार्टीको लुम्बिनी प्रदेश कोषाध्यक्ष तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले देश र जनताको हितमा नै जसपा नेपाल अगाडि बढेको बताए।