२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुम्ती शिविरबाट सिलिचोङवासी लाभान्वित

अ+ अ-

काठमाडौँ । सङ्खुवासभाको दुर्गम सिलिचोङ गाउँपालिकाले विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर एक सय ५० भन्दा बढी सर्वसाधारणलाई सेवाप्रवाह गरेको छ ।

सिलिचोङ गाउँपालिकाले काठमाडौँ, इटहरी र सदरमुकाम खाँदबारीमा सञ्चालन गरेको घुम्ती शिविर एक सय बढीले सेवा लिएका छन् । 

सिलिचोङ सडक सञ्जालले नछोएको विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरिएको हो । 

ज्येष्ठ नागरिक, अशक्त र असहायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको सिलिचोङ गाउँपालिका प्रशासकीय अधिकृत भद्र कुलुङले जानकारी दिए ।

घुम्ती शिविरबाट एक सय ५० जनाले सेवा लिएका छन् ।  सिलिचोङले काठमाडौँमा भदौ ६ र ७ गते, इटहरीमा भदौ ९ र १० गते तथा खाँदबारीमा आज घुम्ती शिविर सञ्चालन गरेको हो । 

काठमाडौँ र तराईका  विभिन्न जिल्लामा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त र असहायलाई लक्षित गरी इटहरीमा शिविर केन्द्र तोकिएको थियो । विभिन्न कारणले आफ्नो पालिका आइपुग्न नसक्नेलाई सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।