२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्द्रजात्राका मूर्त-अमूर्तसम्पदाबारे अभिलेखीकरण

अ+ अ-

काठमाडौँ । काठमाडौँको सबैभन्दा जीवन्त पर्व मानिने इन्द्रजात्राको मूर्त तथा जीवन्त/अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको छ ।

काठमाडौँ महानगरपालिका-२३ को लगानीमा विज्ञहरूद्वारा अध्ययगन गरी ती मूर्त तथा अमूर्त सम्पदाको अभिलेखीकरण गरिएको हो । आज हनुमानढोका दरबार सङ्ग्रहालयमा एक समारोहका बीच उक्त इन्द्रजात्राको मूर्त तथा जीवन्तरअमूर्त सम्पदाको अभिलेखीकरण गरिएको दस्ताबेज विमोचन गरिएको छ । 

विमोचन समारोहमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले यस्ता सम्पदा भावी पुस्ताका लागि संरक्षण गर्न जरुरी रहेको र यो प्रयासको सराहना गरिन् । उनले महानगरले यहाँभित्रका सम्पदा संरक्षणका काम गर्दै आएको जानकारी दिँदै इन्द्रजात्राको अभिलेखीकरण दस्ताबेज एउटा नमुना भएको बताइन् । 

उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिका-२३ का अध्यक्ष मचाराजा महर्जनले इन्द्रजात्रा अन्तरराष्ट्रियकरण भइरहेको उल्लेख गर्दै यो अभिलेखमा हराइरहेका परम्परालाई पनि समावेश गरेर संरक्षण प्रयास गरिएको सुनाए । अध्यक्ष महर्जनले भने, “इन्द्रजात्रामा विगतमा चलेका तर अहिले बन्द भएका परम्परा, गतिविधि पनि यो अध्ययन, अनुसन्धानमा आएको छ, सम्पदामार्गमा चल्ने परम्परा हराइरहेको अवस्थामा अभिलेखमार्फत भावी पुस्तालाई देखाउन सकिने भएको छ ।”

अब इन्द्रजात्राको रथमात्र रहने र लाखे नाचमात्र रहने स्थिति हो कि भन्ने चिन्ता भएकाले अभिलेखीकरणको प्रयास गरिएको उनले बताए । गएको वर्षदेखि नै यस्ता सम्पदा संरक्षणका लागि महानगरको नीति तथा कार्यक्रममै समावेश गरेर बजेट विनियोजन गरिएको उनले जानकारी दिए । यो क्रम जारी रहने अध्यक्ष महर्जनको भनाइ थियो ।