काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका-१० निलोपुल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-८ घर भएका ४२ वर्षीय अर्जुन नेपाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत भक्तपुरबाट बैंकिङ कसुर मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१० निलो पुलबाट पक्राउ गरेको हो ।
हाल उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।







