२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य’: अर्थमन्त्री पौडेल

अ+ अ-

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन् ।

एमाले रुपन्देहीको आयोजनामा आज मर्चवारमा आयोजित बृहत् आमसभामा उनले एमाले देशको नेतृत्व गर्न सक्ने पार्टी भएको उल्लेख गर्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरे । “बलियो पार्टीबिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौँ जनता, पूर्व अध्यक्षसहित एमालेमा प्रवेश गर्नुभएको छ”, पौडेलले भने, “यसबाट म निकै खुसी छु ।”

उनले मर्चवारको विकास एमालेबाट सम्भव रहेको उल्लेख गर्दै आगामी दुई/चार वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनी जस्तै सम्पन्न बनाउने प्रतिबद्धता जनाए । उनले मर्चवारमा अस्पताल, क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए । 

एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य लीला गिरीले मर्चवार क्षेत्रको पूर्वाधार विकास तथा कृषिको आधुनिकीकरणमा पार्टीले उल्लेखनीय काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

त्यस अवसरमा सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्दन बानियाँले उपप्रधानमन्त्री पौडेलसमक्ष मर्चवार क्षेत्रमा चार लेनको चक्रपथ निर्माण गर्न आग्रह गरे ।

पूर्वअध्यक्ष शुक्लाले मलखाद, कृषि सामग्री र सिँचाइ सुविधा सहज रूपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए ।कार्यक्रममा नेताहरूले एमाले मात्र देश विकासको प्रमुख आधार हुनसक्ने निष्कर्ष प्रस्तुत गरेका थिए ।

एमाले नेताहरू तुलसीप्रसाद चौधरी र सुनिता ठटेरले पनि तराई–मधेसको समृद्धि एमालेकै नेतृत्व सम्भव रहेको बताइन् । रुपन्देहीको दक्षिणी भेगमा फैलिएको मर्चवारलाई तराईको अन्न भण्डार मानिन्छ । उर्वर भूमि, प्रचुर कृषि सम्भावना र ऐतिहासिक–सांस्कृतिक महत्त्व बोकेको यो क्षेत्र लामो समयसम्म भने पछाडि पारिएको थियो । डेढ लाख जनसङ्ख्या ओगट्ने मर्चवारमा अहिले पनि धेरै घरमा शौचालय छैनन् । शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइजस्ता आधारभूत पूर्वाधार न्यून भएकाले यहाँका जनताले कठिन जीवन गुजारिरहेका थिए । 

पछिल्ला केही वर्षयता मर्चवारको मुहार फेरिन थालेको छ । पार्टी प्रवेशमा देखिएको उत्साहलाई उनीहरूले आफ्नो रणनीतिक आधार मानेका छन् । यसका लागि आधारभूत पूर्वाधार निर्माणका लागि ठूलो लगानी आवश्यक पर्छ । 

कृषि आधुनिकीकरणका लागि पर्याप्त सिँचाइ, भण्डारण र बजार व्यवस्थापन गर्नुपर्नेछ । यी चुनौती पार गरेर मात्र एमालेले मर्चवारलाई समृद्ध बनाउने गरी दिएको आश्वासन पूरा गर्न सक्नेछ ।

मर्चवारका जनताले लामो समयसम्मको उपेक्षापछि देखिएको यस प्रकारको पहललाई आशाको किरणका रूपमा लिएका छन् । एमाले नेतृत्वले प्रतिबद्धता पूरा गर्न सकेमा मर्चवार तराई–मधेसको मात्र होइन, समग्र लुम्बिनी प्रदेशकै समृद्धिको नक्सामा चम्किन सक्ने सम्भावना बलियो छ ।