काठमाडौँ । भक्तपुरको सूर्यबिनायक नगरपालिका-१ दधिकोट तर्खालबाट जुवातास खेलेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
तर्खाल बस्ने ४३ वर्षीय सुमन खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा सुमन समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार नेपाली रुपैयाँ, ३ हजार ७ सय भारतीय रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।







