२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनलाइन दर्ता र नवीकरणको अन्योल ४ बुँदे सहमतिसँगै तत्काललाई टर्‍यो

अ+ अ-

काठमाडौँ । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण केही दिनदेखि देखिएको अन्यौल तत्काललाई टरेको छ । सञ्चार मन्त्रालयका अधिकारी र नेपाल पत्रकार महासंघबीच ४ बुँदे सहमतिसँगै मन्त्रालयले अर्को व्यवस्था नभएसम्मलाई हाललाई स्थगित अनलाइन सूचीकरण प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले यथावत राख्न पत्राचार गर्ने भएको छ ।

साथै नयाँ सञ्चारमाध्यम दर्ताका लागि प्राप्त भएका निवेदन सूचना तथा प्रसारण विभागले क्रमसंख्या उल्लेख गरी संकलन गर्ने सहमतिमा उल्लेख छ ।

यसअघि अनलाइन सञ्चारमाध्यमको अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिने गरी कानून संशोधन भएपछि पत्रकार महासंघ र पत्रकार सम्बद्ध अन्य संघ संगठनले विरोध जनाएका थिए । महासंघले सञ्चार मन्त्रीलाई केही माग राख्दै अल्टिमेटमसहित दिएको थियो ।

सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधनपछि गएको साउन २० गतेदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम रोकिएको छ ।