२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजेन्द्र लिङदेनको चेतावनी : ‘भिजिट भिसा प्रकरणमा छानबिन नभए रास्वपासहित सडक आन्दोलनमा जान्छौँ’ 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे आफूहरूको सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् ।

आइतबार झापामा सञ्चारकर्मीमाझ कुराकानी गर्दै उनले उक्त माग सम्बोधन नभएसम्म संसद अवरुद्ध बनाउने कार्यलाई निरन्तरता दिने बताए । उनले आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टीसहित सडक आन्दोलनमा जान सक्ने बताए ।

‘भिजिट भिसा प्रकरणमा नैतिकता छ भने गृहमन्त्रीले राजीनामा दिएर छानबिनका लागि सहयोग गर्नुपर्छ भनेर हामीले भन्यौँ’ उनले भने, ‘उहाँले राजीनामा दिएर सहयोग गर्नुहुन्न भने पनि छानबिन आयोग त गठन हुनुपर्‍यो नि, भोलि दोषी ठहरियो भने त उहाँ कारबाहीमा परिहाल्नु हुन्छ ।’

उनले थपे, ‘राजीनामा पनि दिइहाल्नु हुन्छ भन्दा पनि नसुनेर जुन ढंगले सांसदलाई सभामुखले अगाडि बढाइराख्नुभएको छ, सरकारले पनि जुन ढंगले उपेक्षा गरिराखेको छ, मलाई लाग्छ– त्यो नेपाली जनताले हेरिराखेको छ ।’

अध्यक्ष लिङदेनले आफूहरूले सदन अवरुद्ध गरे पनि त्यसलाई बेवास्ता गर्ने र अघि बढाउने काम गरेको भन्दै सभामुख देवराज घिमिरेको भूमिकाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे ।

‘हामी कम्तीमा पनि यो सेसनमा यसरी नै निरन्तर विरोधमा रहन्छौँ र आवश्यक पर्‍यो भने दुई वटा पार्टी (राप्रपा र रास्वपा) सडकमा आउन सक्ने अवस्था पनि हुन्छ,’ उनले भने ।

उनले फरक प्रसंगमा आफूले पार्टीमा नयाँ साथीहरूलाई जिम्मेवारी दिने क्रममा गल्ती भए सच्चिएर अघि बढ्न तयार रहेको पनि बताए ।