२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो पटक डिजिटल नोम्याड सम्मेलन, नेपाललाई आकर्षक गन्तव्य बनाउने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नेपाललाई डिजिटल नोम्याडका लागि विश्वकै आकर्षक गन्तव्य बनाउने लक्ष्यसहित पोखरामा ‘नोम्याड बेसक्याम्प’ आयोजना गरिएको छ ।

नेपाल पर्यटन बोर्डले साराङसँगको सहकार्यमा आयोजनामा पहिलो पटक ‘डिजिटल नोम्याड समिट–बेसक्याम्प नोम्याड’ आयोजना गरिएको हो ।

अगस्ट २७ देखि ३१ सम्म सञ्चालन भएको नोम्याड बेसक्याम्पमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले यो पहल नेपाली पर्यटनको नयाँ अध्याय भएको बताए ।

‘आज हामी केवल एक समिट आयोजना गर्दैछौं भन्ने होइन, बरु नेपालले आफूलाई विश्वसामु प्रस्तुत गर्ने नयाँ अध्याय थालेको छ,’ जोशीले भने ।

हालै ‘रिमोट वर्क’ र ‘डिजिटल नोम्याडिज्म’ प्रवृत्तिले विश्वकै काम गर्ने ढाँचा परिवर्तन गरेको उल्लेख गर्दै सिइओ जोशीले नेपाल यसका लागि आदर्श गन्तव्य बन्न सक्ने धारणा राखे ।

‘प्राकृतिक सुन्दरता, सांस्कृतिक गहिराइ, मानवीय आतिथ्य र सुरक्षित वातावरणका कारण नेपाल डिजिटल नोम्याडहरूका लागि उत्कृष्ट गन्तव्य बन्न सक्छ,’ उनले भने ।

पोखरा आफैँमा विश्व ब्रान्ड बनिसकेको उल्लेख गर्दै शान्त ताल, हिमालको सौन्दर्य र जीवन्त जीवनशैली सहित यसलाई प्रविधिमैत्री संरचना, कोवर्किङ स्पेस र स्वागतयोग्य वातावरणसँग जोड्दा डिजिटल नोम्याडका लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने उनको भनाइ छ ।

पहिलो डिजिटल नोम्याड सम्मेलनमा ३० भन्दा बढी अन्तर्राष्ट्रिय डिजिटल नोम्याड र ४० भन्दा बढी नेपाली सहभागी थिए । यसले नेपाल केवल भ्रमण गन्तव्य मात्र नभई सिर्जना, सहकार्य र नयाँ अर्थतन्त्रमा योगदान गर्ने थलोका रूपमा स्थापित हुन सक्ने सन्देश दिएको पनि सिइओ जोशीले बताए ।

‘नेपालको पर्यटनलाई पारम्परिक दायराबाट निकालेर ज्ञान पर्यटन, सिर्जनशील पर्यटन र डिजिटल युगको जीवनशैलीतर्फ अघि बढाउनु हाम्रो लक्ष्य हो,’ जोशीले भने, ‘डिजिटल नोम्याडका लागि उपयुक्त वातावरण सिर्जना गर्न सके नेपाल विश्वकै केन्द्र बन्न सक्छ ।’

सम्मेलन मार्फत नेपालले एसियामा डिजिटल नोमाडिज्मको नेतृत्व गर्न सक्ने सम्भावना देखिएको र यसलाई दीर्घकालीन अभियानका रूपमा अगाडि बढाइने प्रतिबद्धता गरिएको छ ।