काठमाडौँ । तस्करीमार्फत भित्रिएको ५९४ बोरा चिनी गायब बनाएको आरोपमा जिम्मेवारी खोसिएका एसपी सन्तोष बस्नेतको ठाउँमा अर्का एसपी पठाइएको छ ।
सशस्त्र प्रहरी बल हल्चोकले एसपी बस्नेतको ठाउँका अर्का एसपी रामहरि अधिकारीलाई पठाएको हो ।
११ नं. गण रौतहटको गणपति रहेका एसपी बस्नेतकै मिलेमतोमा तस्करीको चिनी गायब पारिएको भन्दै जिम्मेवारी खोसिएको थियो। त्यसपछि नयाँ एसपीको रूपमा अधिकारीलाई पठाइएको सशस्त्र प्रहरीका प्रवक्ता (डिआइजी) कालीदास धौवजीले बताए ।







