२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कारवाहीको सिफारिस भई अनुशासन समितिले निर्णय नगरेकालाई सदस्यता नवीकरण खुला गर्ने काँग्रेसको निर्णय 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले अनुशासनको कारबाहीको सिफारिस गरिएका तर अनुशासन समितिले कुनै पनि निर्णय नगरेका नेता कार्यकर्ताको हकमा सदस्यता नवीकरण नरोक्ने निर्णय गरेको छ ।

निर्वाचनको क्रममा अन्तर्घात गरेको भन्दै २१ सय बढी उजुरी अनुशासन समितिमा परेका छन् । तर, अनुशासन समितिले समितिको हकमा मात्रै कारबाहीको सिफारिस गरेको छ ।

तल्लो तहबाट कारबाहीका सिफारिस भएकामध्ये बहुसङ्ख्यकको हकमा अनुशासन समिति अनिर्णीत रहेको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले विचाराधीन रहेकाहरूको हकमा नवीकरण गर्ने निर्णय गरेको हो ।

कारबाहीका लागि विचारधिन अवस्थामा रहेका सबैको हकमा नवीकरण खुला गर्ने निर्णय भएको सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी गराए ।

विदेशमा रहेकाले क्रियाशील सदस्यता नवीकरण अनलाइनबाट लिने व्यवस्था गर्ने भएको छ । सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले ३७ वटा जनसम्पर्क समितिमा रहेका सदस्यले अनलाइनबाट नवीकरण गर्न सकिने निर्णय गरेको हो ।

विश्वको जुनसुकै कुनामा रहे पनि जनसम्पर्क समितिसँग विना नै नवीकरण गर्न सकिने सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी गराए ।

‘त्यहाँको कार्यसमिति भन्दा पनि स्वयं अनलाइन मार्फत क्रियाशील संस्था नवीकरण गर्ने व्यवस्था गर्ने निर्णय गरिएको छ,’ स्नेहीले भने । विदेशस्थित जनसम्पर्क समितिमा क्रियाशील सदस्यता वितरण र नवीकरणको अवस्थाका लागि समिति सदस्यहरू स्नेही, सिता गुरुङ र योगेन्द्र चौधरीलाई जिम्मेवारी दिइएको छ ।

महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिका अरु तीन सदस्यलाई प्रदेशहरूमा समेत अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ । स्नेहीले मधेस र लुम्बिनी, गण्डकी र बागमतीमा सिता गुरुङ, कोशी र सुदूरपश्चिममा योगेन्द्र चौधरीलाई क्रियाशील सदस्यता नवीकरणको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेशमा सुर्खेत बाहेक अन्यत्र विवाद नदेखिएकाले केन्द्रीय नेता नतोकिएको स्नेहीले जानकारी गराए ।