काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य अवकाश भएका छन् ।
सरकारी सेवामा करिब साढे तीन दशक बिताएका आचार्य आइतबारदेखि अवकाशमा गएका हुन् ।
आचार्य २०८१ असोज ६ गतेदेखि ऊर्जा सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनको अवकाशसँगै मन्त्रालयमा एक सचिव पद रिक्त भएको छ ।







