२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सय दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय, ओ एन्ड एम प्रतिवेदन पारित

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश सरकारले करिब ३ सय दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । सत्तारुढ दलकै कर्मचारी संगठनको विरोधका बीच आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण प्रतिवेदन पारित गरेको हो ।

यसअघि पनि प्रशासनिक पुनर्संरचनामार्फत कर्मचारी र कार्यालय सङ्ख्या घटाउँदा चर्चा पाएको सरकारले १ सय ८५ दरबन्दी कटौती गरिसकेको थियो । साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले ९ कार्यालय खारेज गर्ने र २ दर्जनभन्दा बढी कार्यालय गाभ्ने निर्णय गरेको थियो । १५ दिनभित्र ओएन्डएम सक्ने समय सीमा रहेकामा सरकारले आइतबार साँझ निर्णयलाई औपचारिकता दिएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य मन्त्रालयमा ७७ दरबन्दी, उद्योग तथा पर्यटनमा ६८, सामाजिक विकासमा ४६, वनमा ३५, कृषिमा ३४, मुख्यमन्त्री कार्यालयमा १९, ऊर्जामा १८ र भौतिक पूर्वाधार विकास मन्त्रालयमा ७ दरबन्दी कटौती गरिएको छ ।

यसअघि आइतबार बिहान मुख्यमन्त्री, मन्त्रीहरू, प्रमुख सचिव र सचिवहरूको बैठक बसेर प्रस्तावित खाकाबारे छलफल भएको थियो । प्रमुख सचिवसहितको टोलीले दिनभर अन्तिम रूप दिएको प्रतिवेदन साँझ मन्त्रिपरिषद्मा पेश भएपछि निर्णय पारित गरिएको हो । कतिपय मन्त्रीले आफ्नो मन्त्रालयको दरबन्दी कटौतीप्रति असन्तुष्टि जनाएपछि प्रमाणीकरणअघि छलफल गरेर टुङ्ग्याउने सहमति भएको बताइएको छ ।

कटौतीमा परेका दरबन्दी फाजिलमा राखिएका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हाजिर गराइनेछ । उनीहरूको व्यवस्थापनका लागि कार्य योजना बनाइने सरकारको भनाइ छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेश प्रमुख सचिव डा. खगेन्द्र सुवेदीले यस कदमले अनावश्यक प्रशासनिक खर्च घटाउन र कर्मचारी संयन्त्रलाई चुस्त-दुरुस्त बनाई प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।