२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा मध्यरातमा गएको भूकम्पमा परी २५० जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । अफगानिस्तानम ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प जाँदा २५० जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

अफगानिस्तानको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको थियो।

तालिबान सरकारले पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार भूकम्पमा परी २५० जनाको मृत्यु भएको अमेरिकी अनलाइनलाई एनबिसीन्युजले जनाएको छ।

त्यस्तै ५०० भन्दा बढी घाइते भएको पनि समाचार उल्लेख छ।

भूकम्पले ग्रामीण इलाकामा क्षति पुर्‍याएकाले विवरण पनि ढिला प्राप्त भएको भनेर तालिबानलाई उद्धत गरेर एनबिसीले लेखेको छ।

भूकम्पले धेरै प्रभाव पारेको क्षेत्रमा उद्धारका लागि सडकबाट जाने अवस्था नरहेको भनेर तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन्।

राति ६ म्याग्नेच्यूडको भूकम्पपछि लगत्तै आएको ५ म्याग्नेच्यूडभन्दा बढी तीव्रताको पराकम्पनले थप क्षति पुर्‍याएको बताइएको छ।

त्यसपछि पनि चार साढे ४ म्याग्नेच्यूडभन्दा बढी तीव्रताका कैयौँ पराकम्पन महसुस भएको थियो।

भूकम्पको पहिलो झट्काले अफगानिस्तान र पाकिस्तानको पूर्वी सिमानामा केन्द्रबिन्दु बनाएको भए पनि यसको २ सय किलोमिटरको दुरीमा रहेको काबुल र ४०० किलोमिटर दुरीमा रहेको इस्लामावादसम्म हल्लाएको थियो।

यसअघि सन् २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्नेच्युडको भूकम्प जाँदा एक हजार जनाको मृत्यु भएको थियो।