२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी तेलबाट भारतीय ब्राह्मणहरूले नाफाखोरी गरेको भन्दै ट्रम्पका सल्लाहकारले दिए रोक्ने चेतावनी

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नवारोले रुससँग तेल किनेर भारतका ब्राह्मणहरूले मुनाफा कमाइरहेको टिप्पणी गरेका छन् ।

उनले भारतका ब्राह्मणहरुको नाफाखोरी अमेरिकाले रोक्ने र युक्रेनविरुद्ध आक्रमणमा रुसलाई सहयोग बन्द गराउने बताएका छन् ।

ट्रम्प प्रशासनका व्यापार मामिला वरिष्ठ सल्लाहकार नवारोले फक्स न्युज सन्डेलाई दिएको अन्तर्वार्तामा भने- प्रधानमन्त्री मोदी एक महान् नेता हुन् । तर हामीले के बुझ्न सकिरहेका छैनौँ भने भारतीय नेताले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनफिङलाई किन सहयोग गरिरहेका छन् ? जबकि भारत आफैँमा विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएर तानाशाहको पक्षमा किन गयो ?

अमेरिकाले भारतमाथि रुसी तेल खरिद रोकाउन कर थोपरेपछि सम्बन्ध चिसिएका बेला ट्रम्पका सल्लाहकारको कडा बयान आएको हो । यसअघि राष्ट्रपति ट्रम्पले यदि रुससँग तेल खरिद कायमै राखे भारतले थप कर भोग्नुपर्ने बताएका थिए ।

सल्लाहकार नवारोले भने-‘म यति मात्र भन्न चाहन्छु, भारतीय जनताले बुझ्नुपर्छ कि यहाँ के भइरहेको छ ? केही भारतीय बाहुनहरूको नाफाखोरीका लागि नेतृत्व किन सँगै गइरहेको छ । यसलाई हामीले रोक्नै पर्छ ।