२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल कुनै देशको सैन्य रणनीतिमा सामेल हुँदैन, प्रधानमन्त्रीले पनि फर्केपछि आफ्नो कुरा राख्नुहुन्छ’ : गृहमन्त्री लेखक

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनै पनि देशको सैन्य रणनीतिमा नेपाल सहभागी नहुने प्रष्ट पारेका छन् ।

वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले सीमा सुरक्षा र सीमामा हुने अपराधहरू नियन्त्रण गर्न सरकारले काम गरिरहेको बताए ।

उनले भने, ‘चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई)मा नेपाल सहभागी भएको भन्ने कुरा आएको छ। हामी कुनै पनि देशको सैन्य रणनीतिमा सामेल हुँदैनौँ यो कुरा पहिल्यै हामीले भनिसकेका छौँ। कुनै पनि देशको सैन्य रणनीतिमा नेपाल सहभागी हुँदैन। हामी सबैको मित्र छौँ, हाम्रो कसैसँग शत्रु भाव छैन। हामी सबैसँग सहयोग लिन चाहन्छौँ, गर्न पनि चाहन्छौँ। यसबारेमा प्रधानमन्त्री फर्केर आइसकेपछि पनि आफ्नो कुरा भन्नुहुनेछ ।’

उनले लिपुलेकबारे प्रधानमन्त्रीले चीनमा गरेको दाबी सही भएको भन्दै कुनै छिमेकीले चित्त दुखाउनुपर्ने कारण नभएको बताए।

उनले थपे, ‘लिपुलेक नेपाली भूमि हो। त्यो कुरा हामी प्रस्ट भन्न चाहन्छौँ। उहाँहरूको सहमतिमा हाम्रो आपत्ति छ। हामीले हाम्रो भूमिलाई आफ्नो भन्दा कुनै पनि छिमेकीले चित्त दुखाउनुपर्ने कारण छैन। सम्बन्ध बिग्रिनुपर्ने कारण पनि छैन। प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुभयो। चीनले कुनै प्रतिक्रिया नदिनु उहाँहरूको कुरा हो। तर प्रधानमन्त्रीजी बोल्नुभएको छ।’