२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छ’: महन्थ ठाकुर

अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशबाट उठ्ने राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई नै दिनुपर्ने बताएका छन् ।

लोसपा सप्तरीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसबाट उठ्ने राजस्वको न्यून रकम मात्र मधेसमा आउने गरेको बताए । अध्यक्ष ठाकुरले भने, “जनसङ्ख्याको आधारमा बजेट बाँडफाँट हुनुपर्छ । यसैगरी यस प्रदेशबाट उठ्ने राजस्वको कम्तीमा ३५ प्रतिशत बजेट मधेसले पाउनुपर्छ । तब मात्रै यहाँको विकास हुनसक्छ ।”

मधेसमा सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्ने क्रममा आफू पनि प्रधानमन्त्रीसँगै रहेको भन्दै उनले त्यस बेला घोषणा गरिएका कुरा पनि अझै कार्यान्वयन नभएको बताए । प्रधानमन्त्रीले ५०० ‘डिप बोरिङ’ दिने घोषणा गरे पनि कार्यान्वयन नभएको भन्दै उनले गुनासो गरे ।

अध्यक्ष ठाकुरले अन्न भण्डार मधेसमा भएको खडेरी र खानेपानी समस्याबारे आफ्नो पार्टीले सरकार र सदनमा आवाज उठाउने काम गरिरहेको बताए । 

पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल झासहित पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो । 

राजविराजमा बुधबार आयोजना हुने संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रममा सहभागी हुन उनीहरू त्यहाँ पुगेका हुन् ।