२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेटरप्याडको दुरुपयोग गरेर चन्दा असुल्नेलाई कानूनी कारबाही गर्ने नेकपा एसनिकट युवा संघको चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघले संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्।

युवा संघको आयोजक कमिटीका अध्यक्ष रोशन थापाले संगठनबाट निकालिएकाहरूले लेटर प्याड दुरुपयोग गरे प्रहरीलाई खबर आग्रह गरेका हुन्।

आयोजक कमिटी गठन गरेपछि असन्तुष्ट पक्षले सञ्जीव राईको नेतृत्वमा समानान्तर कमिटी गठन गरेका थिए। तर, राईलाई यसअघि नै संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ।

संगठनभित्र किचलो चलिसकेको बेलामा थापाले भदौ २३ र २४ लाई बैठक राखेका छन्।

उनले संगठनको विधान विपरीतका कार्यहरू गरेकाले पटक पटक संगठन विरोधी कार्य सच्याउन गरेको आग्रह अटेर गरेका कारण संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘अवैध व्यक्तिले सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्य गरेकाले यस्ता भ्रमहरू सत्य नभएको जानकारी सहित संगठनको आधिकारिक बैठक यही भाद्र २३ र २४ गते रहेको र सबैलाई उपस्थितिका लागि जानकारी गराइन्छ ।’

युवा संघ नेपालको नाममा संगठनको स्ट्याम्प र लेटर प्याड दुरुपयोग गरी चन्दा सहयोग मागी रहेको सुन्नमा आएको भन्दै कसैले विभिन्न कार्यक्रमको नाममा चन्दा, सहयोग माग्न आएमा नजिकको प्रहरी प्रशासनमा खबर गरी आग्रह समेत गरेका छन्।