२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा मोदीलाई भेट्दा लिपुलेकबारे प्रश्न गर्नुभयो ? भन्दै प्रधानमन्त्रीलाई सुवालको प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा केही प्रश्न नगरेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले चीनमा राष्ट्रपति सी चिनफिङको रात्रि भोजमा नेपालका प्रधानमन्त्री ओलीसँग भारतीय समकक्षी नरेन्द्र मोदीको भेट भएको स्मरण गरे ।

‘‘रात्रि भोजमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय समकक्षी नरेन्द्र मोदीले उभिँदा उभिँदै भेट गर्नुभयो । यसलाई प्रधानमन्त्री मोदीले तस्वीरसहित नेपालसँग गहिरो र विशेष सम्बन्ध रहेको बताउनुभयो,’ सुवालले भने ।

यहीँनेर प्रधानमन्त्री ओलीलाई कटाक्ष गर्दै सांसद सुवालले नरेन्द्र मोदीलाई भेट्दा लिपुलेकबारे प्रश्न गर्नुभयो रु भनेर प्रधानमन्त्री ओलीलाई कटाक्ष गरेका हुन् ।

‘प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरामा हस्तक्षेप किन भयो भनेर विरोध नगर्नुभएकोले भारतीय प्रधानमन्त्री मोदीले व्यङ्ग्य हो कि !,’ सांसद सुवालले भने ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनसँग व्यापार गर्ने सहमति गरेको छ । यसबारे नेपालका प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई प्रत्यक्ष भेटमा असहमति जनाउनुपर्ने थियो भन्ने उनको आग्रह छ ।

साथै, ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई) प्रस्तावमा नेपाल समर्थन गरेको भन्ने विषय सार्वजनिक भएको पनि उनले स्मरण गरे ।