२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४ सय नाघ्यो अफगानिस्तान भूकम्पमा मृतकको संख्या

अ+ अ-

काठमाडौँ । अफगानिस्तान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १४ सय भन्दा बढी पुगेको छ । आइतबार मध्यरात (सेप्टेम्बर १, ११:४७ बजे) पूर्वी अफगानिस्तानमा गएको भूकम्पबाट परी १ हजार ४ सय ११ जनाको मृत्यु भएको छ ।

तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई उद्धृत गर्दै रोयटर्सले अन्य ३१ सय २४ जना घाइते भएको र ५४ सय भन्दा धेरै घर ध्वस्त भएको जनाएको छ ।

जलालाबादबाट २७ किलोमिटर उत्तर पूर्वमा केन्द्रबिन्दु रहेको भूकम्पले कुनार प्रान्तका सहरहरूमा ठूलो क्षति पुर्‍याएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ८ किलोमिटर गहिराइमा गएको थियो ।

अल-जजिराका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघीय संयोजकले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताएका छन् । त्यस्तै भूकम्प प्रभावित क्षेत्रमा काम गर्ने मानवीय समूह अफगान रेड क्रिसेन्ट सोसाइटीले अझै धेरै मानिसहरू भग्नावशेषमा फसेको हुनसक्ने आशंका गरेको छ ।

यसअघि ७ अक्टोबर २०२३ मा पनि अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस बेला कम्तीमा ४ हजार जनाको ज्यान गएको तालिवान सरकारले बताएको थियो ।