२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोदीले गरे भारतको पहिलो मेड इन ईन्डिया सेमीकन्डक्टर चिप सार्वजनिक

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय स्तरमै निर्मित सेमीकन्डक्टर चिप ‘विक्रम ३२०१’ मंगलबार सार्वजनिक गरेका छन् । नयाँ दिल्लीमा आयोजित सेमिकन इन्डिया २०२५ सम्मेलनको उद्घाटन समारोहमा उक्त चिप सार्वजनिक गरिएको हो । यो चिप भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र चण्डीगढस्थित सेमिकन्डक्टर ल्याबोरेटरीले बनाएका हुन् ।

३२-बिट माइक्रोप्रोसेसर भएको विक्रम ३२०१ अन्तरिक्ष यात्रामा प्रयोग हुने यानलगायतका कठोर परिस्थितिलाई सहन सक्ने गरी निर्माण गरिएको भारतको दाबी छ । यो चिप १८० एनएम सिमस प्रविधिमा निर्माण गरिएको छ । यसले ठूलो मात्रामा मेमोरी व्यवस्थापन गर्न र जटिल कमान्डहरू कार्यान्वयन गर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उपग्रह तथा अन्तरिक्ष मिसनका लागि उपयुक्त यस चिपको पहिलो ब्याच यसअघि नै एक अन्तरिक्ष मिशनका क्रममा परीक्षण गरी विश्वसनीयता पुष्टि भइसकेको पनि सो अवसरमा जानकारी दिइएको थियो ।

साधरणतया उन्नत सेमीकन्डक्टरहरू उच्च लागतमा जटिल प्रविधिबाट निर्माण हुने भएकाले हजारौँ अमेरिकी डलरसम्म पर्ने गरेका छन् । तर विक्रमको मूल्य भने खुलाइएको छैन ।

भारतका सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले प्रधानमन्त्रीलाई चिप हस्तान्तरण गर्दै यसलाई ‘भारतको प्राविधिक पुनर्जागरणको प्रतीक’ भनेका छन् । उनले पाँच वटा नयाँ सेमिकन्डक्टर युनिट निर्माणाधीन रहेको र १६ खर्ब भारतीय रुपैयाँभन्दा बढी लागतका १० ठूला परियोजना ६ वटा राज्यमा स्वीकृत भइसकेको जानकारी दिए ।

विक्रम ३२०१ सार्वजनिक हुनुलाई भारतको ‘आत्मनिर्भर भारत’ भिजनतर्फको महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।