काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।
रुसी सेनामा नेपालीहरूको सहभागिताका विषयमा पनि छलफल भएको परराष्ट्र सचिव अमृतबहादुर राईले बताए। उनका अनुसार कूटनीतिक माध्यमबाट ती विषयहरू समाधान गरिनेछ।
त्यस्तै उनीहरूबीच दुई देशको आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको र नेपाल-रुस सिधा हवाई उडान गर्ने विषयमा पनि छलफल भएको परराष्ट्र सचिव राईले बताए।







