२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा प्रा. शम्भु ढकाल नियुक्त

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ । 

संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार मन्त्रीस्तरीय निर्णय गरी समितिको अध्यक्षमा प्रा. शम्भुप्रसाद ढकाललाई जिम्मेवारी दिएका हुन्। यसैगरी समितिका सदस्यमा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई, ज्योतिषी रतिदेवी श्रेष्ठ र ज्योतिष विषयका उपप्राध्यापक आर्यावर्त पात्रो (पञ्चाङ्ग) का पञ्चाङ्गकार   नारायणप्रसाद निरौलालाई नियुक्त गरेको समितिले जनाएको छ । 

समितिको सदस्यमा ज्योतिष लक्ष्मणप्रसाद पन्थीको पदावधि भने बाँकी नै रहेको छ । समितिका नव नियुक्त अध्यक्ष र सदस्यलाई आजै समितिको कार्यालय नारायणहिटी दरबार सङ्ग्रहालयमा स्वागत गर्ने कार्यक्रम रहेको वरिष्ठ प्रशासन सहायक खिलहरि घिमिरेले जानकारी दिए।

अध्यक्ष र सदस्यहरूलाई पाँच वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । समितिमा यसअघि प्रा. श्रीकृष्ण अधिकारी नेतृत्वको समूह रहेको थियो । अधिकारी नेतृत्वको समितिको कार्यकाल गत असार २३ गते सकिएको हो । समितिको कार्यकारी निर्देशक भने नियुक्त गर्न बाँकी रहेको छ । कार्यकारी निर्देशक भने खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया चलिरहेको छ । त्यसमा तीन जनाले आवेदन दिएको पनि समितिले जनाएको छ ।

मन्त्रिपरिषद्ले २०७७ पुस २० गते स्वीकृत गरेको समितिको गठन आदेश अनुसार चाड, पर्व, मुहूर्त, साइत, धर्म, संस्कृति लगायतका बारेमा निर्णय गर्ने र प्रत्येक वर्ष प्रकाशन हुने नयाँ पात्रो (पञ्चाङ्ग) तथा भित्ते पात्रो (क्यालेण्डर)लाई स्वीकृति दिने मुख्य काम समितिलाई दिइएको छ ।