काठमाडौँ । राप्रपाले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) बारे प्रधानमन्त्री केपी ओलीको जवाफ मागेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धवल शमशेर राणाले जीएसआईबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए।
उनले भने, ‘यो हाम्रो देशको नीति विपरीत छ। यसमा समर्थन गरेको भए नेपाललाई घातक हुनसक्छ। यसबारे प्रधानमन्त्रीले सदनको अगाडि आएर प्रस्ट भन्नुपर्यो। किनकि हामी परराष्ट्र नीतिबाट अलग हुन लाग्यौँ भने सदनलाई जानकारी हुनुपर्छ।’







