काठमाडौँ । दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी श्रीनाथ गण (शान्ति सेना) १४ औँ डफ्फालाई बदली गर्नको लागि नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाका १७५ जना शान्ति सैनिकहरूको पहिलो टोली भाद्र १९ गते मिसन इलाका प्रस्थान गरेका छन् ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७५ जना नेपाली शान्ति सैनिकहरू नै स्वदेश फिर्ता भइसकेका छन् । हाल उक्त मिसनमा नेपाली सेनाका १७५७ जना शान्ति सैनिकहरू कार्यरत छन् ।








