काठमाडौँ । आफ्नै साथीको योजनामा एक व्यक्तिमाथि धम्क्याउँदै एक करोड रुपैयाँ असुल्न खोजेको पाइएको छ ।
धम्क्याउँदै रकम असुल्न खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा यो विषय बाहिर आएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डोटी घर भई काठमाडौँ कीर्तिपुर बस्दै आएका २७ वर्षीय लक्ष्मण पनेरु र झापाको हरिनगर गाउँपालिका-७ का घर भई काठमाडौँ सुकेधारा बस्ने ५४ वर्षीय विनोद साहलाई पक्राउ गरेर अनुसन्धान गरेको छ ।
उनकै योजनामा साहका व्यापारी साथीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै एक करोड रुपैयाँ माग गरिएको थियो । साहले पनेरुलाई प्रयोग गरेर ठमेल क्षेत्रमा व्यापार गर्ने एक मारवाडी व्यापारीलाई धम्क्याएका हुन् ।
साह योजनाकार र पनेरु फोन गरेर धम्क्याउने व्यक्ति रहेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।







