२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तत्काल भत्कने टाउका जोडेर गरिने वाम एकता नगरौँ’: ओली

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताका टाउका जोडेर गरिने र क्षणभरमै भत्किने खालको एकताको पक्षमा नभएको बताएका छन् ।

गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले ‘जनता र राष्ट्रको सर्वोपरि हितमा आधारित एकता’को पक्षमा पार्टी रहेको उल्लेख गरेका छन् ।

‘आज हामी स्वार्थ केन्द्रित अर्थात् टाउका जोडेर गरिने एकतामा होइन अरू कार्यकर्ताहरूलाई जगैदेखि समेट्दै आन्दोलनलाई विचार, संगठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने बाटोमा छौँ’ उनले भनेका छन्, ‘आजको सन्दर्भमा यही नै उपयुक्त बाटो हो ।’

तत्काल वाम एकताको सम्भावना नरहेको संकेत गरे पनि ओलीले दस्तावेजमा ‘नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति हुनेको नाताले आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने दायित्व एमालेकै काँधमा रहेको’ उल्लेख गरेका छन् ।

वाम एकताबारे ओलीले ‘विभाजन, पुनर्गठन, पुनरोदय र निर्णायक शक्तिको निर्माण’ उपशीर्षकमा लेखेका छन्स्

नेपालको कम्युनिस्ट आन्दोलनको प्रमुख शक्ति हुनेको नाताले आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने दायित्व एमालेकै काँधमा छ । तर कुन एकता र कुन प्रकारको एकता ? मुख्य प्रश्न यो हो । मुख्य नेताहरूको स्वार्थ केन्द्रित ‘एकता’ गर्ने, त्यसपछि पार्टीको सम्पूर्ण ऊर्जा र समय नेताहरूको ‘व्यवस्थापन’ र गुनासो सम्बोधनमा खर्चिनुपर्ने र स्वार्थ पूरा नहुँदाको दिन क्षणभरमै भत्किने खालको एकता हामीलाई चाहिएको छैन । जनता र राष्ट्रको सर्वोपरि हितमा आधारित एकता मात्रै जनता र कार्यकर्ताले खोजेको एकता हो । त्यस्तो एकता मात्रै दिगो र उपलब्धिपूर्ण हुन्छ ।

एमालेको वर्गीय दृष्टि : वार्षिक ५ लाखमाथि आय हुने उच्च वर्ग
‘पार्टी एकताका दुई वटा ऐतिहासिक परिघटनालाई हामी तुलना गर्न सक्छौँ । २०४७ पुसमा तत्कालीन नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकता भई हामीले नेकपा (एमाले) बनायौँ । त्यस एकतालाई मन नपराउने, आफ्नो स्वार्थलाई केन्द्रमा राख्ने र स्वार्थ सिद्ध भएन भने पार्टीलाई घात गर्ने केही व्यक्ति त्यतिबेला पनि थिए । तर मूल उद्देश्य एकताको भावनामा दृढ र राष्ट्रिय हितमा निष्ठावान भएका कारण केही असन्तुष्ट नेता पलायन भए पनि पार्टी एकता अक्षुण्ण रह्यो । पार्टी एकताको असल दृष्टान्तका रूपमा आज पनि त्यो सन्दर्भ स्मरणीय छ । २०५५ जेठमा हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण गर्‍यौँ । एकताको मूल भावना र उद्देश्य सही थियो । तर केही नेताहरूले आफ्नो स्वार्थ पूरा नभएपछि कथित व्यवस्थापनको किचलोमा पार्टीलाई फसाउँदै लगे । पार्टीभित्रको अन्तर्विरोधमा खेल्दै गए, पार्टी कब्जा गर्ने हर सम्भव कोसिस गरे । त्यस्ता यावत प्रयास असफल भएपछि अन्ततोगत्वा पार्टीलाई विभाजित गरे । पार्टी पङ्क्तिको ठूलो हिस्सा एकतालाई जोगाइरहन चाहन्थ्यो, तर त्यो प्रयास हुन सकेन । विभाजनलाई अस्वीकार गर्ने नेकपा (माओवादी केन्द्र) का महत्त्वपूर्ण कमरेडहरू नेकपाको निरन्तरताका रूपमा नेकपा (एमाले) मा नेकपाको निरन्तरताका रूपमा नेकपा (एमाले) मा दृढतापूर्वक टिकिरहनुभयो । त्यसैले आज हामी स्वार्थ केन्द्रित अर्थात् टाउका जोडेर गरिने एकतामा होइन अरू कार्यकर्ताहरूलाई जगैदेखि समेट्दै आन्दोलनलाई विचार, संगठनात्मक र भावनात्मक रूपमा एकताबद्ध बनाउने बाटोमा छौँ । आजको सन्दर्भमा यही नै उपयुक्त बाटो हो । आज हामी पुनः सामाजिक-आर्थिक रूपान्तरण, सुशासन र राष्ट्रिय स्वाभिमानको यात्रामा समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यका साथ अगाडि बढिरहेका छौँ । कम्युनिस्ट आन्दोलनले सय वर्ष पूरा गरिरहँदा नेपाललाई समृद्ध, समुन्नत, सामाजिक न्यायले सुसज्जित र समाजवादको प्रारम्भिक अवस्थामा प्रवेश गराउने हाम्रो संकल्प छ ।’