२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निजामती सेवाको गौरव राख्न सबै कर्मचारीले स्वच्छ छविमा ध्यान दिनुपर्छ’ : सचिव अर्याल

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले निजामती सेवा सरकार चलाउन विश्वासिलो र महत्वपूर्ण अंग भएकाले सेवाको गौरव राख्न सबै कर्मचारीले स्वच्छ छविमा ध्यान दिनुपर्ने बताएकी छन् ।

निजामती दिवस-२०८२ का सन्दर्भमा आज हुलाक सेवा विभागको आयोजना र नेपाल फिलाटेलिक सोसाइटीको सहआयोजनामा आयोजना गरिएको सप्ताहव्यापी निजामती दिवस हुलाक टिकट प्रदर्शनी कार्यक्रममा सचिव अर्यालले यस्तो बताएकी हुन् । 

सचिव अर्यालले भनिन्, “निजामती सेवाको कार्यशैली अरु क्षेत्रमा पनि प्रभावित हुने हुँदा यसको गौरवलाई जोगाउनु पर्छ ।” 

साथै उनले हुलाक टिकटमार्फत निजामती सेवाको मर्म र सन्दर्भलाई प्रदर्शन गर्नुले सकारात्मक प्रचारको काम गरेको बताइन् ।

कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले निजामती सेवाको गौरव बढाउने किसिमका हुलाक टिकट प्रदर्शनीले आउने पुस्तालाई इतिहाससँगै सेवाको महत्वसमेत बुझाउन प्रेरित गर्ने बताइन् । 

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष रविचन्द्र श्रेष्ठले प्रदर्शनीमा राखिएका हुलाक टिकटमा इतिहासदेखि वर्तमानसम्मको अवस्था समेटिएको बताउनुभयो । रिदिमा शाक्य, सायरा खड्का, सरु श्रेष्ठ, सागर भुसाल, किशोर शर्मा, प्रदीप बज्रचार्य, मिलन चन्द्र जोशी, दिनेशराज मस्के, केदार प्रधान, दिनेशप्रसाद आचार्य र दिपेन्द्ररत्न शाक्यले सङ्कलन गरेका हुलाक टिकट प्रदर्शनीमा राखिएका छन् ।