२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको संगठित सदस्य संख्या ३० प्रतिशतले वृद्धि

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी सदस्य संख्या ३० प्रतिशतले वृद्धि भएको छ । 

ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भइरहेको दोस्रो विधान महाधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले महासचिव शंकर पोखरेलले १०औँ राष्ट्रिय महाधिवेशनपछि ३० प्रतिशतले संगठित सदस्य सङ्ख्या वृद्धि भएको जानकारी दिए। 

उनका अनुसार अहिले छ लाख ६२ हजार ९६१ जना पार्टी सदस्य सङ्ख्या छ । एक लाख ५० हजार सदस्यहरू सङ्गठित हुन बाँकी रहेको महासचिव पोखरेलले बताए । 

पार्टीका विभिन्न कमिटीमा चार लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन् । प्रतिवेदनअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च, जिल्ला कमिटी तथा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका कमिटी गरी एक हजार ६७ कमिटी रहेका छन् । त्यसैगरी वडा कमिटी सात हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ रहेको प्रतिवेदनमा उल्लेख छ । 

सांगठनिक प्रतिवेदनमा जिल्ला तहमा नौ हजार ७७४, स्थानीय तहमा ४१ हजार ६३३, वडामा एक लाख ७४ हजार २४५ तथा टोलमा दुई लाख एक हजार ३६४  नेता तथा कार्यकर्ता आबद्ध छन् ।

जारी महाधिवेशनमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गरेका छन् । आज दिउँसोदेखि सुरु भएको एमालेको विधान महाधिवेशन जारी छ ।