२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुर-दिङ्ला सडक कालोपत्र गरिँदै

अ+ अ-

भोजपुर । भोजपुर सदरमुकामलाई उत्तरी क्षेत्रसँग जोड्ने भोजपुर–दिङ्ला ३३ दशमलव ५ किलोमिटर सडक कालोपत्र थालिएको छ । कोशी प्रदेश सरकारको रु एक अर्ब २२ करोड ३२ लाख लागतमा दुई खण्डमा कालोपत्रको काम थालिएको हो । 

पहिलो खण्ड भोजपुर दिङला तीनतले १७ दशमलव ५ किलोमिटर सडक रु ५८ करोड ४० लाख १५ हजार ५६१ रुपैयाँ लागतमा काम भइरहेको छ । विसं २०८० मङ्सिरमा महिनाबाट सम्झौता भएर काम सुरु गरिएको यो सडक २०८२ मङ्सिर महिनामा सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ । यो सडकको भौतिक प्रगति ४५  प्रतिशत हारहारीमा रहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

दोश्रो खण्ड भोजपुर–दिङ्ला–तीनतले–दिङ्ला १६ किलोमिटर सडक रु ६३ करोड ९२ लाख ६२ हजार ७६१ लागतमा निर्माण भइरहेको छ । विसं २०८० पुस महिनामा सम्झौता भएको यो सडकको २०८२ पुस महिनामा सम्पन्न गर्ने गरी काम भइरहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । यो सडकको भोतिक प्रगति २० प्रतिशत रहेको छ । यी दुवै सडक आस्फाल्ड प्रविधिबाट कालोपत्र हुने प्रमुख रेड्डीको भनाइ छ । 

“भोजपुर–दिङ्ला सडक कालोपत्रको काम दुई खण्डमा भइरहेको छ”प्रमुख रेड्डीले भने,“यो सदरमुकामलाई उत्तरी क्षेत्र जोड्ने महत्त्वपूर्ण सडक पनि हो । सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाएका छौँ ।”

सडक कालोपत्रको कामले तीव्रता पाएपछि उत्साह बढेको षडानन्द १० का स्थानीय निमा शेर्पाले बताए । सडक कालोपत्र भएपछि यहाँका कृषि उपजको बजारिकरणसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सहजता हुने उनको भनाइ छ । सडक कालोपत्र भएपछि वर्षातको समयमा सङ्खुवासभा जिल्ला घुमेर  भोजपुर सदरमुकाम जानु पर्ने बाध्यताकोसमेत अन्त्य हुने उनले जानकारी दिए ।

यो सडक कालोपत्र भएपछि उत्तरी क्षेत्रका नागरिकलाई सहजता हुने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । सडकलाई निर्धारित समयमा गुणस्तरीयढंगले सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ ।

“यो उत्तरी क्षेत्रको लागि महत्त्वपूर्ण सडक हो” प्रमुख उदासले भने, “सडक कालोपत्र हुने गरी काम थालिएपछि स्थानीयमा उत्साह बढेको छ । कालोपत्रको कामलाई गुणस्तरियढंगले समयमा सम्पन्न गराउन नगरले आवश्यक भूमिका खेलिरहेको छ ।”

सडकको पहिलो खण्डको निर्माणको जिम्मा निर्माण कम्पनीले लिएका छन् ।