२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीको चपेटाले ओझेलमा पर्‍यो ‘पञ्चकन्या झरना’

अ+ अ-

धुलिखेल । पछिल्लो समय ‘पञ्चकन्या झरना’ सुनसानजस्तै छ । पहिला झरनाको वरिपरि आनन्द लिनेहरूको घुइँचो लाग्ने गर्थ्यो तर अहिले उक्त स्थानमा मानिसहरू बिरलै पुग्ने गरेका छन् । 

एक वर्ष अगाडि गएको बाढीपहिरोको कारण त्यहाँसम्म जाने सडक र आसपासको क्षेत्रमा पुगेको क्षतिका कारण काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खारखोलामा रहेको पर्यटकीय झरना ओझेलमा पर्दै गएको हो ।

पनौती–रोशी बजार–सिरुखोला–पचारेदोभान र खारखोला भएर झरना जाने बाटो बाढीले बगाएपछि पर्यटकलाई त्यहाँसम्म जानका लागि समस्या भएको छ । अहिले मानिसको आवागमन कम हुँदै गएको पञ्चकन्या ट्राउट हाउस एण्ड मिनि रिसोर्ट सञ्चालन गर्दै आएका सञ्चालक दीपेन्द्र लामिछानेले बताए। “एकातिर बाढीले पोखरी र बाटोमा क्षति पुर्‍यायो, अर्कोतिर काठमाडौँबाट आउने पर्यटकका लागि सूर्यविनायक–साँगा–धुलिखेलको सडक विस्तारका कारण बाटो असहज भएपछि मानिसहरूको आगमन कम भइरहेको छ”, उनले भने, “झरनाको आकर्षण बढाउन, पोखरी र बाटोको संरचना निर्माणका लागि नगरपालिकाबाट आवश्यक बजेटको व्यवस्थापन भइसकेकाले अब छिट्टै बन्ने अवस्थामा छ ।” पर्यकीयस्थलको संरचनामा क्षति पुगेपछि व्यवसायमा समेत असर परेको उनले बताए ।

खारखोलाका स्थानीयवासी मैयाँ हमालले झरनाको पोखरी र त्यहाँ जाने बाटो नै बाढीले बगाएपछि आफ्नो पसल अगाडि सडक मर्मत गर्दा बनेको खोलाको पोखरीसम्म आएर पौडी खेलेर फर्कने गरेको बताए। बाढीले धेरै क्षति पुर्‍याएको यस ठाउँमा स्थानीय सरकारले समयमा नै संरचना पुनर्निर्माण नगर्दा व्यवसायमा मन्दी आउनुका साथै स्थानीय कृषि उत्पादन वस्तु बिक्री गर्न नपाएको स्थानीयको गुनासो छ ।

पनौती नगरपालिका–१२ का वडाध्यक्ष जयराम केसी खत्रीले बाढीले क्षति पुर्‍याएको झरनाको पोखरी बनाउनको लागि यस आर्थिक वर्षमा रु पाँच लाख बजेट व्यवस्थापन भइसकेको बताए। “अब झरनाको पोखरी र त्यहाँसम्म जाने बाटो व्यवस्थित बनाउनको लागि नगर र वडाले योजना बनाइसकेको छ,” उनले भने । 

हरियाली वनजङ्गलको फेदमा लेकबाट आएको चिसो र कञ्चन पानीको झरनामा रुझ्दै पौडी खेल्ने र आराम गरी मनोरञ्जन लिने पोखरी र त्यहाँसम्म जाने बाटोको संरचना नै बगाएपछि त्यहाँको आकर्षण गुमेको छ । विशेष गरेर गर्मीयाममा घुइँचो लाग्ने गरेको सो ठाउँमा शनिबार र बिदाका दिन घुम्न जानेहरूको गन्तव्यस्थल हो ।