२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरिसिद्धि दुर्घटनाबारे ओलीले भने- ‘बालिकाको उपचार खर्च पार्टीले बेहोर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरिसिद्धिमा कोशी प्रदेशका मन्त्री सवार गाडीको ठक्करबाट घाइते भएकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्ने बताएका छन् ।

ललितपुरको गोदावरीमा जारी एमालेको विधान महाधिवेशनतर्फ गइरहेको कोशीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर सवार गाडीले शनिबार बिहान हरिसिद्धि माविअगाडि जेब्राक्रसिङमा बालिकालाई ठक्कर दिएको थियो ।

सवारी दुर्घटनाकै कारण विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रम एक घण्टा ढिलो सुरु भएको छ । सोही क्रममा प्रधानमन्त्री ओलीले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिए ।

उनले बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे । दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोज्न नहुने उनको भनाइ छ ।

“सामान्यरूपमा एक बच्चीलाई गाडीले छोयो । अस्पताल लगिसकियो । त्यस्तो कुनै नियत थिएन । पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ । घटनाप्रति दुःख व्यक्त गर्दछु । कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन् । तर, भइदियो,” उनले भने ।

ओलीले थपे, “भवितव्य घटना भएको हो । त्यस्तो क्षति पनि भएको छैन । यसमा हामी पनि दुःखी भएका छौँ र बच्चीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ,” अध्यक्ष ओलीले भने ।

गोदावरी ललितपुर सनराईज सभाहलमा शुक्रबार बन्दशत्रमा प्रस्ताव हुन बाँकी तीन प्रतिवेदन पेस हुने क्रम जारी छ । अहिले निर्वाचन आयोगका संयोजक डा.विजय सुब्बाले प्रतिवेदन पेस गर्दै छन् । प्रतिवेदन पेस भएपछि १० समूहमा छलफल हुनेछ । 

निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन पेस हुँदै छ । शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन र सल्लाहकार परिषद्का संयोजक अमृत बोहराले प्रतिवेदन पेस गरिसकेका छन् ।